
काठमाडौं,१४ मंसिर।
बागलुङबाट ५ यात्री लिएर काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टरमा चिल ठोक्किएको छ। चिल ठोक्किएपछि हेलिकोप्टरलाई नुवाकोटमा अवतरण गरिएको छ।
हेलिकोप्टरमा चालकदलका एक जना सदस्य थिए। हेलिकोप्टरका १ जना घाइते भएका छन्। यससम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ।