एक वर्षमा अमेरिकाले खसाल्योअफगानिस्तानमा ७ हजार बम

एक वर्षमा अमेरिकाले खसाल्योअफगानिस्तानमा ७ हजार बम

काबुल,१५ माघ

अफगानिस्तानमा रहेको अमेरिकी सेनाले सन् २०१९ मा मात्र करिब साढे सात हजार बम खसालेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी सैन्य फोर्सका अनुसार सन् २०१९ मा खसालिएका बम बराबर विगत १० वर्षसम्म अफगानिस्तानमा खसालिएका बमहरुमध्येको उच्च रेकर्ड हो ।

अमेरिकी सैन्य फोर्सको केन्द्रीय कमान्डरले सोमबार जारी गरेको प्रतिवेदनअनुसार अमेरिकाले अफगानिस्तानमा सन् २०१९ मा सात हजार ४ सय २३ बम खसालेको छ । सन् २०१८ मा सात हजार ३ सय ६२ वटा बम विस्फोट गराइएको थियो ।
उक्त तथ्यांकले एक बमबारीको नाटकीय आँकडा प्रस्तुत गर्छ । पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा चार हजार ४१७ बम खसालिएका थिए ।

बमबमबम
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि हवाई बम आक्रमणमा तीव्रता दिएको देखिन्छ । संयुक्त राष्ट्रसंघ र विभिन्‍न अधिकारीवादी संघ-संगठनहरुले समयमा समयमा हवाई बमबारी निकै बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

गत महिनामात्रै विभिन्‍न स्थानमा गराइएका विस्फोटमा परी ६० सर्वसाधारणको मृत्यु भएको थियो । सन् २०१९ को पहिलो ६ महिनामा सरकारी सैन्य आक्रमणमा परी ७१७ सर्वसाधारणले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको थियो । जुन सन् २०१८ को भन्दा ३१ प्रतिशत बढी हो ।

अमेरिकाले तालिबानका गतिविधि नियन्त्रण गर्न अमेरिकी सेना अफगानिस्तानमा राखेको छ भने तालिबानले अमेरिकी सेना फिर्ताको माग गरिरहेको छ । अमेरिकी प्रतिनिधि र तालिबानी प्रतिनिधिबीच पटक(पटक वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन । (अलजजिरा