पछिल्लो २४ घण्टामा एकहजार २५५ नयाँ कोरोना संक्रमित थपिए ,२५ संक्रमितको मृत्यु

काठमाडौं,१४ मंसिर ।

आइतबार नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १४७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १४०४ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख १३ हजार ५९० जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९० दशमलव ६ रहेको मन्त्रालले जनाएको छ ।

नेपालमा हाल १७ हजार ९०९ जना आइशोलेशनमा छन् भने ६३२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ वटा पिसिआर गरिएको छ ।