इच्छाकामना गाउँपालिकाको हात्तीबाङमा पुग्यो विजुली

चितवन ,१५ माघ  
इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित हात्तीवाङमा वुधबार विद्युत् सेवा उद्घाटन गरिएको छ । चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले वुधबार हात्तीवाङमा आयोजना गरिएको कार्यक्रममा वत्तीको स्वीच अन गरी उद्घाटन गरेका हुन् ।

चुनाव लड्दा आफूले छिट्टै विजुली बालेर देखाउने प्रतिवद्धता गरे अनुसार अहिले विजुली उद्घाटन गर्न पाउँदा जनतालाई न्याय गरेको महसुस भएको सांसद पोखरेलले बताए । धादिङ जिल्लाको फिडरबाट चितवनको हात्तीवाङमा विजुली बाल्नुपर्ने समस्याले गर्दा काम अड्किएको तर, आफूले विद्यु्त् प्राधिकरणका प्रमुख, सिइओ, संचालक समिति सदस्यहरुसँग भेटेरै समस्या बताएपछि बल्लतल्ल समाधान भएको उनले बताए । सांसद भएको पहिलो वर्ष २० लाख र दोस्रो वर्ष १५ लाख विद्युत् विस्तारको लागि दिएको उनले बताए ।
कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल , जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले लगायतले सोलार वत्तीको भरमा वस्दै आएका त्यस क्षेत्रका जनतामा विजुलीवत्तीको पहुँचसँगै अव यहाँको जनताको जीवनस्तरमा सुधार आउने विश्वास लिएको बताए ।