काठमाडौंमा आजको तापक्रम १ डिग्री

काठमाडौं, १४ पुस । 

पछिल्ला दिन देशभर चिसो निकै बढेको छ ।

काठमाडौं उपत्यकामा पनि पछिल्ला दिनमा चिसो बढेको छ । मंगलबार विहान त काठमाडौैंको तापक्रम यो वर्ष अहिलेसम्मकै चिसो रह्यो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा मंगलबार विहान तापक्रम १.१ डिग्रीमा झरेको हो ।

त्यस्तै, नेपालका अन्य ठाउँमा पनि चिसो ह्वात्तै बढेको छ ।रासस