फोनमा युवासँगसँग कुरा गर्दा युवतीमाथि कुटपिट, कपाल खौरिइयो

फोनमा युवासँगसँग कुरा गर्दा युवतीमाथि कुटपिट, कपाल खौरिइयो

काठमाडौं,१७ फागुन

हाम्रो छिमेकी देश भारतबाट कहिलेकांही आउने समाचार पत्याउनै नसकिने खालका हुन्छन् । कतिपय समाचार त अहिले पनि त्यहाँको समाज दशकौँ पुरानो अवस्थामा छ कि भन्ने आभास दिने खालका हुन्छन् ।

अहिले एउटा त्यस्तै घटना बाहिर आएको छ । मध्यप्रदेशको अलिराजपुरको यो घटना आधुनिक समाजका लागि कुनै कलंकभन्दा कम छैन ।

त्यहाँको सोन्डवा गाउँमा एक युवतीमाथि केही युवाहरु मिलेर कुटपिट मात्र गरेनन्, उनको कपाल पनि खौरिइयो । र, यसको एउटै कारण थियो कि ती युवतीले फोनमा एक युवासँग कुराकानी गरेकी थिइन् । र, ती युवतीमाथि यस्तो अन्याय गरेका उनकै परिवारका सदस्यले हो । त्यहाँका प्रहरी अधिकारीले अब ती चार जनालाई नै गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको जनाएका छन् ।