विश्वको सबैभन्दा ‘हन्टेड हाउस, १० घण्टा बिताएमा २२ लाख प्राप्त हुने

विश्वको सबैभन्दा ‘हन्टेड हाउस, १० घण्टा बिताएमा २२ लाख प्राप्त हुने

एजेन्सी,१७ फागुन ।

‘हन्टेड हाउस’को बारेमा तपाईले कहीँ–कतै सुन्नुभएको होला र सायद देख्नुभएको पनि होला । कैयौं ‘मल’ तथा विभिन्न ठाउँहरुमा ‘हन्टेड हाउस’ देख्न सकिन्छ ।

खासगरी यो यस्तो घर हुन्छ की, जसलाई भित्र जाँदा डरको मज्जा लिनेगरि बनाइएको हुन्छ । एक यस्तै प्रकारको ‘हन्टेड हाउस’ टेनिसीको समरटाउनमा पनि रहेको छ । जहाँ यदि तपाई नडराईकन १० घण्टासम्म बस्न सकेमा तपाईलाई करीब २२ लाख ४४ हजार इनाम मिल्नेछ । यस ‘हन्टेड हाउस’को नाम ‘मेक्मी म्यानर’ रहेको छ ।

यसका मालिक जिकिर गर्छन् की यहाँ नडराई १० घण्टा बिताउन असम्भव रहेको छ, तर जो बस्न सक्यो उसलाई २२ लाख बढी प्राप्त हुनेछ । त्यहाँ भित्र जानुभन्दा अघि ४० पेजको एक करार गर्नुपर्ने हुन्छ । घरको भित्र जाने मानिसको उमेर २१ वर्ष भन्दा कम हुनुहँदैन । यसका अलावा उसलाई मेडिकल प्रमाणपत्र समेत पेस गर्नुपर्ने हुन्छ ।

मिडिया रिपोर्ट अनुसार घरभित्र निर्धारित स्थानमा पुग्नका लागि मानिसले मानसिक तथा शारीरिक रुपमा कैयौं चूनौतिको सामना गर्नुपर्ने हुन्छ । यसक्रममा मानिसमा धेरै रिस पनि उठ्न सक्छ तर त्यसमा मानिस सम्यमित हुनुपर्छ । घरको भित्र व्यक्तिलाई डरलाग्दो मेकअप गरेका अन्य मानिसहरुको सामना गर्नुपर्ने हुन्छ जो अचानक भूत जस्तै नजिक आउनेछन् ।

यद्यपी हन्टेड हाउसको भित्र जाने मानिसलाई सबैप्रकारको जानकारी दिइन्छ ताकि उनीहरु सजिलै आफ्नो यात्रा पूरा गर्न सकुन् । यस घरका मालिकका अनुसार अहिलेसम्म कसैले पनि यसभित्र १० घण्टा बिताउन सकेका छैनन् ।