राष्ट्रसंघका ८६ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण

राष्ट्रसंघका ८६ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं,१६ चैत्र ।

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तराष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी बढी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन् ।

बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै ४ हजार कर्मचारी मध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । त्यसैगरी, भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् । ( रासस, एपी