
चितवन , १६ चैत।
लकडाउन उलंघन गर्ने ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टाँडीको टोलीले रत्ननगरको विभिन्न स्थानबाट लकडाउनको उलंघन गर्ने ४८ जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरीले एउटा स्कुटर र १२ वटा साइकल समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरिक्षक शेखरकुमार शाहले जानकारी दिए ।