कोरोना अपडेट: भारतमा मृत्यु हुनेको संख्या २५ पुग्यो,९७९ जना संक्रमित

कोरोना अपडेट: भारतमा मृत्यु हुनेको संख्या २५ पुग्यो,९७९ जना संक्रमित

एजेन्सी, १६ चैत्र ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या २५ पुगेको हो ।

महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतभर कोरोना संक्रमितको संख्या ९७९ पुगेको छ ।

संसारभर हालसम्म कोरोना भाइरसका कारण ३० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने ६ लाख ६४ हजार १ सय ३ जनामा सक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा अहिलेसम्म औपचारिक रुपमा पाँचजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ।