चितवन प्रहरीद्धारा पैदलयात्रुको लागि खाजाको व्यवस्था

चितवन प्रहरीद्धारा पैदलयात्रुको लागि खाजाको व्यवस्था

चितवन , १६ चैत। 
चितवनमा प्रहरीले यात्रुहरुलाई खाजा वितरण गर्न सुरु गरेको छ । लकडाउन भएपछि विभिन्न स्थानबाट आफ्नो घर जान हिडेका पैदलयात्रु भोकभोकै हिड्ने गरेकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय नारायणगढले नागरिक सहायता कक्षबाट खाजा वितरण गर्न सुरु गरेको छ ।

दैनिक ज्यालामजदुरी गर्ने नागरिकहरु लकडाउनले गर्दा काम नपाएपछि आफ्नो घरतर्फ पैदलनै हिडेका छन् । बुटवलदेखीका यात्रुहरु पैदल बारा , पर्सा , सर्लाही लगायतको जिल्ला जानको लागी हिड्ने गरेको पाइएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रविनवाबु रेग्मीले जानकारी दिए । टाढाबाट भोकभोकै हिडेका यात्रुको लागि भुजा , चिउरा ,दालमोट , आलु चिप्स , पानी वितरण गर्न सुरु गरिएको प्रहरी निरिक्षक रेग्मीले बताए ।