बारा र पर्साका तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

बारा र पर्साका तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ,१७ वैशाख ।

नेपालमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे।

‘बाराका दुइ र पर्साका एक जनामा कोरोना पोजिटिभ देखिएको छ, उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दैछौुं, मेसु उपाध्यायले भने, ुभारतबाट डेढ महिनाअघि आएका उनीहरु क्वारेन्टिनमा रहेका थिए।’

संक्रमित सबैलाई अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

बुधबार पुष्टि भएका तीनै जना यसअघि वीरगन्ज–१६ का कोरोना संक्रमितसँगै दिल्लीको फर्किएका व्यक्ति भएको बताइएको छ।

आजका तीनजनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। संक्रमितमध्ये १५ उपचारपश्चिात निको भएर घर फर्किसकेका छन्।

नेपालखबरबाट साभार