घरैबाट पत्रकारले अन्तर्वार्ता दिइरहँदा पृष्ठभूमिमा अर्धनग्न महिला देखिएपछि…. (भिडियो)

एजेन्सी,१७ बैशाख
स्पेनका पत्रकार अल्फोन्सो मेर्लोसले घरैमा बसेर भिडियो अन्तर्वार्ता दिइरहँदा पृष्ठभूमिमा अर्धनग्न महिला देखिएपछि हंगामा मच्चिएको छ । उनकी प्रेमिकाले यो घटना लाजमर्दो भएको बताएकी छन् ।
मेर्लोस पत्रकारका साथै मोडल पनि हुन् । उनी स्पेनका सेलेब्रिटी हुन् तर यो काण्डपछि उनको निजी जीवन ध्वस्त भएको छ ।
उनले अर्का पत्रकार हाभिएर नेग्रेको यूट्युब च्यानल स्टेट अफ अलार्ममा अतिथिको रूपमा भिडियो वार्ता गरिरहँदा एक अर्धनग्न महिला पछाडिपट्टि देखिएपछि नेग्रे तीनछक्क परेका थिए ।
मेर्लोसकी प्रेमिका मार्ता लोपेज नभई ती महिला स्पेनिस टीभी शो सोसलाइटकी रिपोर्टर थिइन् ।
प्रेमिकालाई धोका दिँदै अर्कै महिलासँग बसेको थाहा पाएपछि स्पेनीहरूले मेर्लोसको सामाजिक सञ्जालमा दोहोलो काढे ।
मेर्लोसकी प्रेमिका लोपेजले उनीसँग ब्रेकअप गरेको र यो पूरा घटना लाजमर्दो र दिक्कलाग्दो भएको बताइन् । मेर्लोसले उनीसँग सार्वजनिक माफी मागेका छन् र आफ्नो व्यावसायिक तथा निजी जीवनमा फरक नछुट्ट्याएकोमा पत्रकारहरूलाई गाली गरेका छन् ।
Esto es una auténtica maravilla: Javier Negre hace un Skype y acaba mostrando en directo la infidelidad de Alfonso Merlos. Primera vez que destapa algo de verdad, aunque sea involuntariamente xd pic.twitter.com/iXtE6C3NJ9
— Josep Maria Sempere (@kr3at0r) April 24, 2020