कोरोना अस्पतालको बिषयमा पत्रकारलाई धम्की दिएकोप्रति महासंघको आपत्ती,धक्की दिनेलाई कारबाहीगर्न माग

कोरोना अस्पतालको बिषयमा पत्रकारलाई धम्की दिएकोप्रति महासंघको आपत्ती,धक्की दिनेलाई कारबाहीगर्न माग

चितवन , १७ बैशाख।
भरतपुर कोरोना बिशेष अस्थायी अस्पतालको बिषयमा समाचार लेखेको भन्दै पत्रकार सुवास पण्डितलाई लक्षित गर्दै धक्की दिएकोप्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भिर आपत्ती जनाएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै कारण पत्रकारलाई धम्की दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । समाचारप्रति कुनै गुनासो भए कानुनी उपचार खोज्ने मार्ग हुदाँहुदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक भएको भन्दै महासंघले धम्की दिने व्यक्तीको पहिचान गरि कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ ।

चितवनको भरतपुर कोरोना बिशेष अस्पतालबाट स्वास्थ्य सामाग्री शंकास्पद रुपमा कर्मचारीबाट नै बाहिरिएको बिषयमा भिडियो सहित समाचार प्रकाशित भएको बिषयमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले विज्ञप्ति निकालेर समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरि आफैले कारबाही गर्ने धम्की दिएका थिए ।

त्यस्तै प्रेस संगठन नेपाल चितवन र नेपाल प्रेस युनियन चितवन शाखाले समेत छुट्टा छुट्टै बिज्ञप्ति निकालेर पत्रकारलाई दिएको धम्कीप्रति आपत्ती जनाउदै धम्की दिनेलाई कारबाही गर्न माग गरेका छन् ।