चितवनमा डिउटीमा रहेका प्रहरीलाई मोटरसाइकलले ठक्कर दियो

चितवनमा डिउटीमा रहेका प्रहरीलाई मोटरसाइकलले ठक्कर दियो

चितवन , १७ बैशाख। 
चितवनमा डिउटीमा रहेका एक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको छ । खैरहनी नगरपालिका वडा नम्बर १० मा चेकजाँचमा रहेका प्रहरी हवल्दार अरविन्द तिवारीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

चेकजाँचमा रहेका प्रहरीलाई बा ३५ प ९९५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । तिनजना सवार मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा मोटरसाइकलले तिवारीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगरले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरीको भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक खैरहनी नगरपालिका वडा नम्बर १० निवासी बर्ष २८ को नविन चौधरीलाई नियन्त्रणमा लिएको छ । उनले मादक पदार्थ समेत सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।