अक्षय कुमार, सुशान्त सहित यी स्टारका फिल्म डिज्नी प्लस हटस्टारमा प्रदर्शनमा आउने

अक्षय कुमार, सुशान्त सहित यी स्टारका फिल्म डिज्नी प्लस हटस्टारमा प्रदर्शनमा आउने

काठमाडौं,१६ असार

भारतमा लक डाउन लम्बिन थालेपछि निर्माण भएका चलचित्रहरुलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालिएको छ । बलिउडका स्टार कलाकारको चलचित्रहरु नै डिजिटल माध्यमबाट रिलिज हुन थालेपछि प्रदर्शकलाई भने तनाव थपिएको छ ।

हलमा सय करोड भन्दा धेरै कमाई गर्न सक्ने चलचित्रहरुलाई पनि डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी थालिएको छ ।

सोमबार बलिउडका कलाकारहरुले भिडियोमार्फत आफ्ना चलचित्रको पोष्ट सार्वजनिक गरे । नायक बरुण धवनको संयोजकत्वमा नायकहरु अक्षय , अजय देवगण, अभिषेक बच्चन, नायिका आलिया भट्टले आफ्नो चलचित्रको पोष्टर सार्वजनिक गरे ।

नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब, अजय देवगण र नायक संजय दत्त अभिनित चलचित्र ‘भुज’, नायिका आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’, नायक अभिषेक बच्चन अभिनित चलचित्र ‘दि बिग बुल’ डिजिटल रिलिज हुने भएका छन् । यस्तै, चलचित्र ‘लुटकेस, खुदा हाफिज, दिल बेचरा’ पनि डिजिटल रिलिज हुने भएको छ । यी सातै वटा चलचित्र डिज्ने र हटस्टारबाट रिलिज हुने भएका छन् ।

जुलाइको २४ तारिखमा चलचित्र ‘दिल बेचरा’ रिलिज हुँदैछ । भिडियो कुराकानीमा नायक अक्षय कुमारले दुई दशक लामो करिअरमा आफू पहिलो पटक यति लामो समय घर बसेको बताए ।