प्रसिद्ध राजदेवी मन्दिरमा बोकाबली नहुने

प्रसिद्ध राजदेवी मन्दिरमा बोकाबली नहुने

जनकपुरधाम,१४ असोज । 

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली बोकाबली  प्रदान नहुने भएको छ । उक्त मन्दिरमा अष्टमी रातीमा विशेष बली प्रदान हुँदै आएको छ । राजदेवी मन्दिर अहिलेसम्म विश्वमै सबै भन्दा धेरै बलि दिने मन्दिरको रुपमा चिनिन्छ ।

कोरोना संक्रमण बढेकाले बलीप्रदान रोकिएको राजदेवी मन्दिरका महन्थ राम गिरिले वताए । यसपाली स्थानिय प्रशासनले वलिप्रदान नगर्ने निर्णय नगरेकाले मन्दिरमा वलिप्रदान वाहेकका पूजा मात्रै हुने वताए ।

‘राजदेवी मन्दिरमा पूजाको विशेष तैयारी शुरु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले भने । जिप्रकामा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, गुठी संस्थान र युवा क्लवहरुको संयुक्त बैठकले बलीप्रदान नगर्ने निर्णय भएको जानकारी दिए ।

बलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने महन्थ र पूजारीहरुसंग सल्लाह भएको छ । राजदेवी मन्दिर वाहेक धनुषाको दर्जनौ स्थानमा वलिप्रदान हुने गरेको छ ती सबै ठाउँमा यसपालि वलिप्रदान कार्यक्रम रोकिएको छ ।

बली प्रदानको परम्परा

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षोदेखि अष्टमी रातीमा वलिप्रदानको परम्परा रहेको छ । गतवर्ष १४ हजार ३ यस ६६ बोकाको वलि दिइएको थियो । बलिका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष बलि कार्यक्रम हुने गरेको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले वताए ।

राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको बलि दिइने राजदेवीको परम्परा रहेको वताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छ ।

कुन वर्ष कति बली

राजदेवी मन्दिरमा २०७६ सालमा १४ हजार ९सय ९७ बोकाको बलि प्रदान गरिएको थियो भने २०७५ सालमा १४ हजार ९ सय ९७ बलि दिइएको थियो । त्यस्तै २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोका, २०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो ।

यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो ।

१००जना युवा बली प्रदानमा सहभागी थिए । एकातिर वलीप्रदानको १४ हजार भन्दा बढी भइरहेको छ भने बोकाको कारोवार पनि जनकपुरधाम क्षेत्रमा त्यही रुपमा बढी रहेको बेला प्रशासनको निर्णयले व्यापारीहरु निराश देखिएका छन ।

प्रदेश २ को अन्य शक्तिपीठमा बलीप्रदान सम्बन्धि अन्यौलता

प्रदेश २ को धनुषा सहित अन्य जिल्लामा पनि दर्जनो शक्तिपीठ रहेको छ । ती शक्तिपीठमा यसपाली बलि प्रदान हुने वा नहुने त्यससम्बन्धमा निर्णय भएको छैन । सप्तरीमा सखरा र कंकलनी दूईवटा ठूलो शक्तिपीठ रहेको छ । सखरा मन्दिरका पूजारी महानन्द ठाकुर प्रशासनको निर्णयको प्रतिक्षामा रहेको बताउछन् । ‘प्रशासनले जे भन्छ हामी त्यही गरौला तर कोरोनाकालमा भक्तजनसंग कुनै खेलवाड नहोस् ।’ उनले भने ।

सखरामा बलि प्रदान अरुवेला पनि भइरहन्छन दशैंको बेला अत्यधिक हुने भएकाले त्यहाँ पनि बलि प्रदान नगर्ने सोच बनिरहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले वताए । कंकालनीमा दशैको बेला रंगा चढाउनेहरुको भीड हुने गरेको छ ।

महोत्तरीको सोनामाई मन्दिरमा पनि अत्याधिक वली हुने मन्दिर रहेको छ । त्यहाँ पनि बलि प्रदान सम्बन्धि कुनै निर्णय भएको छैन । त्यहाँ हजारौं रागांको वलि प्रदान गर्ने चलन छ ।

वाराको गढीमाई र पर्साको गहवा माई मन्दिरमा पनि दर्शैको पूजा सम्बन्धमा अहिलेसम्म कुनै निर्णय नभएको मन्दिरका पूजारीहरुले वताएका छन् । एकसाता भित्रै दशैं सम्बन्धमा निर्णय हुने प्रशासनिक अधिकारीहरुले वताएका छन् ।