अमेरिकी विदेश मन्त्री तीन देशको भ्रमणमा जाने

अमेरिकी विदेश मन्त्री तीन देशको भ्रमणमा जाने

वासिङ्टन, १४ असोज 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्नुहुने भएको छ । अक्टोबर ४ देखि ८ सम्ममा उहाँले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।”

टोकियोमा रहेका बेला उहाँले अष्ट्रेलिया, भारत र जापानका विदेश मन्त्रीहरुसँग अक्टोबर ६ तारिखमा भेट्ने कार्यक्रम रहेको छ । उहाँले उनीहरुसँग सहकार्य, एक आपसमा सहयोग आदान प्रदान र सम्वन्ध सुधारलगायतका विषयमा कुराकानी गर्नुहुने जनाइएको छ । पोम्पेओले अक्टोबर ७ तारिखमा मंगोलिया र ७ र ८ तारिखमा दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।(रासस÷एएनआई)