नेपालमा एकैदिन थपिए १५५९ कोरोना संक्रमित,थप ७ जना मृत्यु,१०५७ जना डिस्चार्ज

नेपालमा एकैदिन थपिए १५५९ कोरोना संक्रमित,थप ७ जना मृत्यु,१०५७ जना डिस्चार्ज

काठमाडौं, १४ असोज ।

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार ८१७ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

शुक्रबारसम्म ५ हजार ४२८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २० हजार ८९१ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार २०५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख २१ हजार ५०३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।