सतहत्तर योजना छनोट

सतहत्तर योजना छनोट

रसुवा, १५ मङ्सिर ।
सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्यको तर्फबाट रु चार करोड तथा प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङबाट तीन÷तीन करोड गरी रु १० करोड खर्च गर्ने कार्ययोजना तयार भएको हो ।

प्रतिनिधिसभा सदस्य आचार्यको संयोजकत्वमा बसेको आन्तरिक बैठकले जनताको आकांक्ष, सुझाव एवं आवश्यकतालाई आत्मसात् गरी ७७ विकास योजना छनोट भएका आचार्यका स्वकीय सचिव सुनिल पौडेलले जानकारी दिनुभयो । तय गरिएका कार्यक्रममा सौर्य ऊर्जाको बिजुली बत्ती, सिँचाइ, शुद्व खानेपानी, पर्यटकीय पदमार्ग, मठमन्दिर, प्रतिक्षालय निर्माण जस्ता विविध योजना रहेका बताइएको छ ।

रसुवाका पाँच गाउँपालिकाअन्तर्गत गठित २७ वटै वडामा प्रदान गरिएका विकास कार्यक्रम गाउँपालिकामार्फत सञ्चालनको तयारी भएको स्वकीय सचिव पौडेलले जानकारी दिनुभयो ।रासस