तरकारी र मकै खेतिको अनुगमन

तरकारी र मकै खेतिको अनुगमन

चितवन,१५  मंसिर   ।

बिभिन्न बालिमा रोग देखिए पछि खैरहनी नगरपालिकाको कृषि शाखाले सोमवार स्थलगत अवलोकन गरेको छ । नगरपालिकाको वडा नम्बर २ का विभिन्न स्थानमा लगाइएको तरकारी र मकै खेतिको कृषि बिज्ञ अवलोकन गरि सुझाब समेत दिइएको हो । सो वडा भित्र लगाइएको आलु,काउली,सिमि,गोलभेंडा र मकै खेतिको अवलोकन गरिएको थियो ।

अवलोकनका क्रममा आलु र गोलभेंडामा भाइरस जन्य रोग,काउलिमा कावागा ब्याक्टेरिया , सिमिमा डाउनी मिलड्यु नामक रोग र मकैमा फौजी किराको संक्रमण पहिचान गरिएको कृषि शाखा प्रमुख कृषि अधिकृत दिपेन्द्र अर्यालले जानकारी दिए । रोगको पहिचान पछि त्यसको निदानको उपाय समेत कृषकहरुलाइ दिइएको अर्यालले बताए । अवलोकनना वडा नम्बर २ का वडा अध्यक्ष टिकादत्त इटनी,कृषि अधिकृत अर्याल ,प्राबिधिक सहायक ध्रुव आचार्य सहित कृषकहरुको उपस्थिति रहेको थियो । खैरहनिको वडा नम्बर १,२,४ , ६ ,१० र ११ तरकारी खेतिका लागि अब्बल मानिन्छ ।