रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड सुरु

रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड सुरु

चितवन , १६ माघ।
चितवनको रत्ननगर नगरपालिकामा विहीवारदेखी दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । रत्ननगर नगरपालिकाले आयोजनामा टिकौली चौरमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले उद्घाटन गरे । सो अवसरमा प्रमुख डल्लाकोटीले खेलकुदले व्यक्तीगत र राष्ट्रको समेत पहिचान वढाउने वताए ।

खेलकुदमार्फत पहिचान वढाउन टेवा पुग्छ प्रमुख डल्लाकोटीले भने – शारिरिक र व्यक्तित्व विकासमा समेत खेलकुदको भुमिका हुन्छ । जिसस प्रमुख डल्लाकोटीले विद्यालयस्तरमा शिक्षासंगै खेलकुदलाई समेत अव्वल वनाउनु पर्नेमा जोड दिए । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले खेलकुदले पहिचानसंगै आर्थिक विकास हुने वताए । नगर प्रमुख वनले रत्ननगरका क्रिकेट खेलाडी सन्दिप लामिछाने, तेक्वान्दो खेलाडी पार्वती गुरुङ लगायतले रत्ननगरको पहिचान अन्र्तराष्ट्रियस्तरमा समेत वढाएकाले त्यसै अनुसार प्रतिभा प्रष्फुटन गर्नु पर्ने वताए ।

प्रतियोगिताको पहिलो १ हजार ५ सय मिटर तर्फ छात्र र छात्रा दौडको फाईनल भएको छ । छात्र तर्फ प्यारागन इंग्लिस वोडिङ स्कुलका पदम थापा प्रथम भए भने माधवपुर माविका राजेन्द्र रोक्का द्धितिय तथा प्यारागन इंग्लिस वोडिङ स्कुलकै सुजन घले तृतिय भएका नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवंम् रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यले जानकारी दिए । त्यस्तै छात्रा तर्फको दौडमा नेपाल माविकी समिक्ष गौतम,माधवपुर माविकी कृपा भट्ट र प्यारागन इंग्लिस वोडिङ स्कुलकी युरिका वगालेले क्रमश प्रथम,द्धितिय र तृतिय स्थान हासिल गरे । विहीवारनै १ सय मिटरको दौड,भलिवल र कवड्डीको पहिलो चरणको खेल भएका छन् । माघ १८ गते सम्म चल्ने प्रतियोगितामा नगर भित्रका ३३ विद्यालयले सहभागीता जनाएका छन् ।