ग्लो साइन एकेडेमीको शैक्षिक सामाग्री प्रदर्शनी

ग्लो साइन एकेडेमीको शैक्षिक सामाग्री प्रदर्शनी

चितवन , १६ माघ।
पूर्वीचितवनको खैरहनीमा रहेको ग्लो साइन एकेडेमी माध्यमिक विद्यालयले शैक्षिक सामाग्री प्रदर्शनी गरेको छ । सरस्वती पूजाको अवसरमा विद्यालय परिसरमा विद्यालयले प्रयोग गर्दै आएको विभिन्न किसिमका शैक्षिक सामाग्रीको प्रदर्शनी गरेको हो ।

विद्यालयले प्ले ग्रुपदेखी यूकेजीसम्म मन्टेश्वरी पद्दती र कक्षा १ देखी कक्षा ५ सम्म प्रयोगात्मक पद्दतीमा अध्ययापन गराइरहेको र सोहि अनुरुपको प्रदर्शनी गरिएको विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले जानकारी दिए । विद्यालयमा करिब १ हजार २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । आज भएको प्रदर्शनीको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी , वडा अध्यक्षहरु , विभिन्न विद्यालयका शिक्षक , विद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेका थिए ।