आफ्नै ९ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

आफ्नै ९ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

अर्घाखाँची,१६ माघ

आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ ।

जबरजस्ती तथा हाडनाता करुणीका आरोपित बाबुलाई जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको इजलासबाट जन्मकैद हुने फैसला सुनाइएको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिनु भयो ।

गएको साउन २ गते उनी विरुद्ध मुद्धा दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताउनु भयो ।

त्यस्तै सन्धिखर्कको डिभर्नामा ५ वर्षीय नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० बर्ष कैद र ४० हजार जरिबानाको फैसला जिल्ला अदालतले गरेको सूचना अधिकारी गैरेले बताउनु भयो ।