पर्सा खैरहनी जेसीजको अध्यक्षमा पराजुली निर्विरोध

पर्सा खैरहनी जेसीजको अध्यक्षमा पराजुली निर्विरोध

चितवन , १५ पुष

पर्सा खैरहनी जेसीजको अध्यक्षमा रमेश पराजुली निर्विरोध निर्वाचित भएका छन् । शाखाको आज भएको २० औं अधिवेशनबाट पराजुली अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसंगै कार्यकारिणी उपाध्यक्ष , उपाध्यक्ष र निर्देशक पदमा समेत सबै निर्विरोध निर्वाचित भएका छन् ।

शाखाको कार्यकारिणी उपाध्यक्षमा प्रसान्त अधिकारी , बलराम आचार्य , सीता सापकोटा ,उपाध्यक्षमा प्रकाशचन्द गुप्ता , कुमारी पौडेल र बिक्रम पन्जियार , निर्देशकमा अमृत श्रेष्ठ , नवीन अधिकारी र पवन रैला निर्वाचित भएका हुन् । मंगलबार भएको उम्मेदवारी दर्तामा शाखामा आवश्यक संख्या मात्रै उम्मेदवारी परेकाले सबैजना निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत शंकर कंडेलले जानकारी दिए ।

कार्यकारिणी समितिमा आवश्यक कानुनी सल्लाहकार , महासचिव , कोषाध्यक्ष र सह सचिव अध्यक्षले मनोनीत गर्ने कंडेलले बताए ।