कोरोनाका कारण जापानी कमेडियन शिमुराको मृत्यु

कोरोनाका कारण जापानी कमेडियन शिमुराको मृत्यु

जापानी,चैत १७

कोरोना भाइरस (कोभिड १९) का कारण जापानी कमेडियन केन शिमुराको निधन भएको छ । ७० वर्षीय शिमुरा अस्वस्थ भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए। २३ मार्चमा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना भाइरस पोजिटिभ देखिएको थियो। केन कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार हुन्।

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए। उनले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा (मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका) लगायतका चरित्र निभाएका थिए। जापानमा हालसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन्।