शान्ति सेनामा सुडान गएका प्रमुख सेनानीको हृदयघातबाट मृत्यु

सुडान,१७ चैत्र ।

संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट निधन भएको छ । ९ महिनाअघि सुडान मिशन मुख्यालयमा विष्ट ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए । उनको सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने बिषयमा छलफल भइरहेको जनाएको छ । निर्देशनालयले निश्चित प्रक्रिया पुरा गरेर मात्र संयुक्त राष्ट्र संघले शव हस्तानान्तरण गर्ने भएकाले समय लाग्ने जनाएको छ । मिशन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदान्जली दिएको छ ।

उनको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ । सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन् ।