कोरोना महामारीः ज्यान गुमाउनेको संख्या ३४ हजार पुग्यो,७ लाख २३ हजार ७१७ जना संक्रमित

कोरोना महामारीः ज्यान गुमाउनेको संख्या ३४ हजार पुग्यो,७ लाख २३ हजार ७१७ जना संक्रमित

काठमाडौँ, १७ चैत ।

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट पछिल्लो समय विश्वभर ३४ हजार मानिसहरुको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभरि ७ लाख २३ हजार ७१७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भने १ लाख ५१ हजार ८२४ जना यस संक्रमणबाट निको भएर घर फर्केका छन् ।

इटलीमा कारोना भाइरसको अवस्था भयावह रहेको छ । इटालीमा एकै दिन (हिजोमात्र) ७५६ नागरिकको ज्यान गएको छ । भने हालसम्म १० हजार ७७९ नागरिकको मृत्यु भइसकेको छ र संक्रमितको संख्या ९७ हजार ६८९ पुगेको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकामा २ हजार ४८४ जनाको ज्यान गइसकेको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८०३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार ११० पुगेका छन् । यहाँ १४ हजार ७०९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।