कुमरोजमा कोरोना भाईरसविरुद्ध छर्कियो किटनाशक विषादी

कुमरोजमा कोरोना भाईरसविरुद्ध छर्कियो किटनाशक विषादी

चैत १७ गते । खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्किएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ तथा कुमरोज मध्यवर्ती सामुदायिक वनले दुवै वडामा किटनाशक विषादी छरेका हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड(१९ (कोरोना भाइरस) को संक्रमणलाई वडाभित्र फैलिन नदिन कीटनाशक औषधि छर्किएको वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताए ।
यसैबिच, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ का दुई हजार १ सय घरधुरीलाई साबुन र मास्क वितरण गरिएको छ । टोल सुधार समिति ,वडा सदस्य र वनका पार्षद सदस्दमार्फत् प्रत्येक घरमा गएर हात धुने साबुन र मास्क बाँडिएको हो । प्रती घर ५ वटाका दरले साबुन र प्रती घरका सम्पूर्णलाई माक्स वितरण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानुकाजी कुँवरले बताए ।