वीर अस्पतालमा कोरोनाका ‘शंकास्पद’ दुई बिरामीको मृत्यु,रिपोर्ट आउन बाँकी

वीर अस्पतालमा कोरोनाका ‘शंकास्पद’ दुई बिरामीको मृत्यु,रिपोर्ट आउन बाँकी

काठमाडौँ, १७ चैत 

वीर अस्पतालमा कोरोनाभाइरस सङ्क्रमणको शंकास्पद दुई जनाको मृत्यु भएको छ । आइतवार भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। काठमाडौँ सतुंगल क्षेत्रका एक जना ३४ बर्षीया महिला र अर्का एक जना ५० बर्षिय पुरुषको मृत्यु भएको हो । मृत्यु भएका दुवैजनाको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। एक साता भारतबाट नेपाल आएकी ती महिला बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो।

यसअघि पाटन अस्पतालको आईसीयुमा उपचाररत धादिङ घर भएका एक ३६ वर्षीय भारतीय गोर्खा सैनिकको पनि मृत्यु भएको थियो।

पाटन अस्पतालले मृत्यु हुने व्यक्ति कोरोनाको आइसोलेसनमा रहेको नभई आसीयूमा रहेको विरामी भएको जनाएको छ । चितवन र बुटवलमा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ आइसकेको छ ।