अत्यावश्यक सवारीलाई सहज वनाईदै

अत्यावश्यक सवारीलाई सहज वनाईदै

चैत १७ गते । जिल्लाको जनजीवन सामान्य वनाउन जिल्ला प्रशासन कार्यालय चितवनले औषधी,खाद्यान्न,कृषि तथा पशुजन्य उत्पादन तथा विक्री वितरण गर्ने फर्महरुलाई नियमित संचालन गर्न अनुरोध गरेको छ । माग र आपूर्ती पक्ष सन्तुलन कायम गर्न प्रशासनले औषधी, तथा औषधीजन्य वस्तु,स्वास्थ्य उपकरण,खाद्यान्न,तरकारी,फलफुल,माछामासु,दुध तथा दुग्धजन्य पदार्थ,चिनि,तेल,पशुपंक्षीजन्य आहार,इन्धन जस्ता वस्तुहरुको उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु र विक्री वितरण गर्ने थोक तथा खुद्रा विक्री केन्द्र नियमित संचालन गर्न सुचना जारी गरी अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको हस्ताक्षर रहेको सुचनामा ति वस्तुहरु र तिनका कच्चा पदार्थको ढुवानीमा सलग्न सवारी साधनलाई वजार सम्म वा वजारबाट गन्तव्यमा पुग्न आवागमन गर्न दिईने उल्लेख छ । मालसामान पुरयाई फर्केका सवारीलाई त्यस्ता सामाग्रीको विलविजकको फोटोकपीका आधारमा सम्वन्धीत उद्योग तथा प्रतिष्ठान वा फर्म स्थलसम्म आवतजावत गर्न दिईने भएको छ । त्यस्तै उद्योग,कलकारखानामा सक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सामाग्री प्रयोग गरि भीडभाड नहुने गरि सिफ्टको आधारमा जनशक्ती परिचालन गरि संचालन गर्न समेत आग्रह गरिएको छ । औषधी,स्वास्थ्य संस्था,कृषि,दुध,खानेपानी,इन्धन उत्पादन गर्ने कर्मचारीहरुलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिईने,स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई पनि परिचयपत्रका आधारमा सहज आवतजावत हुन दिने,ग्यास उद्योगहरुले नियमित उत्पादन गर्ने र त्यसको विवरणहरु जिल्ला प्रशासन कार्यालयमा प्रत्येक दिन वुझाउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै मासिक रुपमा एक परिवारलाई एक सिलिण्डरको प्रक्रिया अपनाई त्यसको सम्र्पूण रेडर्क राख्न समेत प्रशासनले भनेको छ ।