पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनामा कोरोना संक्रमण पाइएन – स्वास्थ्य मन्त्रालय

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनामा कोरोना संक्रमण पाइएन – स्वास्थ्य मन्त्रालय

काठमाडौं,१७ चैत्र ।

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको नमुना परीक्षणको नतिजा कोरोना भाइरस नरहेको आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले आफ्नो वेसाइटमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार तीनै जनामा कोरोना भाइरसन नदेखिएको जानकारी दिएको हो।

मृतकमध्ये १ जना भारतीय नागरिक छन्। पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो।

त्यस्तै वीर अस्पतालमा भने एक जना नेपाली र अर्का एक जना कालीमाटी बस्दै आएका भारतीय नागरिकको मृत्यु भएको हो।

वीरमा निधन भएका एक जना ब्लडप्रेसर र डायभिटिजका बिरामी रहेको मन्त्रालयको भनाइ छ।