टोकियो ओलम्पिक अर्को वर्ष जुलाईमा हुने भयो

टोकियो ओलम्पिक अर्को वर्ष जुलाईमा हुने भयो

एजेन्सी,१७ चैत्र ।

कोरोना भाइरसका कारण एक वर्ष सरेको टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको हो । नयाँ तोकिएको मितिअनुसार अब टोकियो ओलम्पिक २०२१को जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ ।

यसअघि विभिन्न राष्ट्रले एक वर्षका लागि ओलम्पिक सार्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव गरेका थिए । यसमा जापानी प्रधानमन्त्री सिञ्जो आवेले विशेष जोड दिएका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि उक्त घोषणा भएको हो ।