चितवनमा स्थानिय तहको अनावश्यक सिफारिसले लकडाउन कार्यान्वयनमा समस्या

चितवनमा स्थानिय तहको अनावश्यक सिफारिसले लकडाउन कार्यान्वयनमा समस्या

चितवन , १८ बैशाख। 
चितवनमा लकडाउनलाई प्रभावकारी बनाउन समस्या देखिएको छ । लकडाउन कार्यान्वयनमा खटिएको प्रहरीलाई स्थानिय तहको अनावश्यक सिफारिसले हैरान बनाएको छ ।

अतिआवश्यक खाद्यान्न , तरकारी , दूध ढुवानी लगायतका सवारीसाधनलाई पाँस आवश्यक नपर्ने र त्यस बाहेक अन्य सावरीसाधन संचालन गर्न पाँस आवश्यक पर्ने गृहमन्त्रालयको निर्देशन रहेको छ । मन्त्रालयले पाँसविनाको सवारीसाधन संचालन गर्न नदिन प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन नै दिएको छ । अतिआवश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा इ पासको आवेदन दिन सकिने र त्यहाँबाट पाँस उपलब्ध हुने व्यवस्था गरिएको छ ।

तर चितवनमा जनप्रतिनिधिहरु आफै सवारीपाँस स्वरुप सिफारिस दिन व्यस्थ छन् । यहाँ नगरपालिका तथा वडा वडाबाट समेत जो जस सँग सम्बन्धि भन्दै सिफरिस गरेको भेटिन्छ । यसरी सानो सानो कामको लागि समेत नगरपालिका र वडाले सिफारिस गर्दा लकडाउन कार्यान्वयनमा समस्या परेको प्रहरीले बताएका छन् । बुधबार मात्रै पनि ग १ त १५४३ नम्बरको ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नियन्त्रणमा लियो । प्रहरीले रोक्न साथ चालकले एउटा पत्र देखाए जसमा राप्ती नगरपालिकाले जो जस सँग सम्बन्ध राख्दछ भन्दै सिफारिस गरेको छ । त्यसमा राप्ती नगरपालिका ८ स्थित जय पाथिभरा हार्डवयरले निर्माण सामाग्री ढुवानीको ट्याक्टर प्रयोग गर्न आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ भन्दै राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले सिफारिस गरेको देखिन्छ ।

उक्त पत्रमा कुन स्थानबाट कुन स्थानसम्म जाने हो , कहिले जाने , कति परिमाणमा सामाग्री लैजाने , व्यत्तिगत प्रयोजन वा कुनै आयोजनाको लागि हो , कति टिप सामाग्री ढुवानी गर्ने केहि पनि उल्लेख गरिएको छैन । यस्तो किसिमको पूर्ण विवरण नै नखुलाई नगरपालिकाले सिफारिस गरेको देख्दा डिउटीमा खटिएका प्रहरी अचम्तिसँगै अन्योलमा पर्ने गरेका छन् ।

लकडाउनले कुनै आयोजनको काममा असहज भए आयोजना प्रमुखको निवेदनको आधारमा स्थानिय तहले सिफरिस गर्न पाउने तर त्यसमा सबै विवरण पूर्ण रुपमा खुलाएर प्रहरीलाई पुर्व जानकारी दिएर मात्रै निर्माण सामाग्री लैजान पाउने व्यवस्था रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।