रत्ननगरमा आकाशे पुल निर्माण सुरु

रत्ननगरमा आकाशे पुल निर्माण सुरु

चितवन,१८ वैशाख ।

चितवनको दोश्रो व्यस्त वजार रत्ननगरको टाँडी चोकमा आकाशे पुल निर्माण सुरु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत टाँडी चोकमा झन्डै साँढे २ करोडको लगानीमा पैदलयात्री आकाशे पुलको निर्माण सुरु भएको हो । सो आकाशे पुलको विहीवार रत्ननगरका मेयर नारायण वन र उपमेयर विमलादेवी दुवाडीले सिलान्यास गरे । सिलान्यास लगत्तै निर्माणको काम सुरु भएको छ । कोरोना भाईरसको सक्रमण र त्यस पछिको लकडाउनका कारण अनौपचारिक रुपमा पुलको सिलान्यास गरिएको थियो । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा पुल निर्माण हुन लागेको मेयर नारायण वनले वताए । मेयर वनका अनुसार बागमती प्रदेश सरकारको १ करोड र १ करोड ४२ लाख रत्ननगर नगरपालिकाले विनियोजन गरेका छन् । निर्माणका लागि हिम सगरमाथा कन्स्ट्रक्सन प्रालि भरतपुरसंग गत फागुन २ गते २ करोड ४२ लाख १४ हजार ५३३ रुपैयामा सम्झौता भएको छ । निर्माण कार्य आगामी असार २४ गते भित्र सम्पन्न गर्नु पर्ने रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।

४० मिटर लम्वाईमा वन्ने आकाशे पुलमा दुवै तर्फबाट आवतजावत गर्न मिल्ने भएपनि पुर्व तर्फबाट मात्र उक्लने र झर्ने व्यवस्था हुनेछ । जमिन सतह सम्म क्रंक्रिटबाट वन्ने भएपनि माथिल्लो भाग भने स्टीलबाट निर्माण हुने इन्जिनियर गिरीले वताए । गिरीका अनुसार पुलको दुवै तर्फ दायाँवायाँ ५०,५० मिटर विजुलीको तारलाई भुमिगत गरिने छ । त्यसका लागि नगरपालिकाले आन्तरीक श्रोतबाट ४० लाख रुपैया छुट्याएको छ । यस वर्ष योजनामा नरहेपनि आगामी वर्ष अपाङ्गमैत्री वनाउन लिफ्टको व्यवस्था गरिने नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले वताए । रत्ननगरको अन्य चोकहरु भन्दा टाँडी चोक अतिव्यस्त हुने ठाउँ हो । यहाँ यात्रुहरुको आवातजावत बढी हुने, ट्रफिक व्यवस्थापन असहज हुनुका साथै दुर्घटना हुने भयका कारण टाँडी चोकलाई प्राथमिकता दिईएको मेयर नारायण वनले वताए । क्रमैसंग सौराहा चोक र वकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले वताए । शिलान्यासका अवसरमा नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरे,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो