सांसद यादव अपहरण प्रकरण : सर्वेन्द्र खनाल, महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध मानव अधिकार आयोगमा उजुरी

सांसद यादव अपहरण प्रकरण :  सर्वेन्द्र खनाल, महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं,१८ वैशाख

सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको भन्दै तीनै जनाविरुद्ध बिहीबार आयोगको कार्यालय पुगेर उजुरी दिनुभएको हो । उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए(नभएको विषयमा अनुसन्धान गरिने बताउनुभयो ।

अपराध भए(नभएको, अपहरण भए(नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ कि छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताउनुभयो । उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उल्लङ्घन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अपराध भयो(भएन्, अपहरण हो-होइन त्यो हेर्ने काम हाम्रो होइन । त्यो प्रहरी र अदालतको काम हो । तर उजुरीमा लेखिए बमोजिमको कार्यहरु भए कि (भएनन् । ती कार्यहरु भएको भए उजुरीकर्ता मानव अधिकार उल्लङ्घन भयो कि(भएन । उल्लङ्घन भएको रहेछ भने त्यसलाई पुर्नस्थापना गर्न के गर्नुपर्छ । राज्यले के गर्नुपर्छ । सरकारले के गर्नुपर्छ भन्ने कुरा हामी बोल्नुपर्छ । त्यो बोल्ने हाम्रो कर्तव्य हो । हामी आफ्नो कर्तव्यप्रति सजग छौँ ।’

डा। यादवले सदस्य वस्ती र मोहना अन्सारीलाई भेटेर उजुरी दिनुभएको हो । शक्तिको आडमा आफ्नो ज्यान नै लिनसक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीलाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

काठमाण्डौबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याउनुभएको थियो । यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए ।