राप्ती नगरपालिकाको गाडी चरम दुरुपयोग , मेयर चढ्ने गाडीमा परिवारको सदस्यको रजाई

राप्ती नगरपालिकाको गाडी चरम दुरुपयोग , मेयर चढ्ने गाडीमा परिवारको सदस्यको रजाई

चितवन , १८ बैशाख।
चितवनमा नगरपालिकाको गाडी दुरुपयोग भएको पाइएको छ । राप्ती नगरपालिका प्रमुखले प्रयोग गर्ने सरकारी गाडीमा परिवारका सदस्यले रजाई गरेका छन् ।

मेयर चढ्ने बा २ झ २६२९ नम्बरको गाडी मेयरको अमाजु (श्रीमानको दिदि ) ले प्रयोग गरेको भेटिएको हो । मेयर प्रभा बराल पौडेलले नै अमाजु सिता पौडेललाई काठमाडौं पठाउन नगरपालिकाको गाडी पठाएकी छिन् । नगरपलिकाले माननिय सिता पौडेललाई काठमाडौं पुर्याउने भन्दै सिफारिस गर्दै इ पासको लागि आवेदन दिएको खुलेको छ । नगरपालिकाले आवेदन दिएपछि बा २ झ २६२९ नम्बरको सरकारी गाडीलाई ९३३८१९ नम्बरको इ पास प्रदान गरिएको थियो । उक्त पासमा चितवनदेखी काठमाडौंसम्म माननिय सिता पौडेल समेत भनेर प्रष्ट रुपमा लेखिएको छ। तर सिता पौडेल माननिय नभई पुर्व माननिय हुन्। यसरी झुटो विवरण दिएर मेयरले आफ्नो परिवारको सदस्यको लागि नगरपालिकाको साधनको दुरुपयोग गरेको प्रष्ट बुझिन्छ ।

इ पास लिदा झुटो विवरण पेश , पुर्व माननियलाई माननिय भन्दै इ पास

राप्ती नगरपालिकाले माननियलाई काठमाडौं पुर्याउनको लागि भन्दै इ पासको लागि सिफारिस गरेको पाइएको छ । नगरपालिकाले उल्लेख गरेको विवरण नै झुटो रहेको छ । सिता पौडेल माननिय नभई पु्र्व माननिय हुन् । झुटो विवरण सहित इ पासको लागि नगरापलिकाले सिफारिस गरेको र जिल्ला प्रशासन कार्यालय समेत त्यसको जाच नगरि पास स्विकृत गरेको हो । नगरापालिकाले पास आवश्यक परेको भन्दै सिफारिस सहित आवेदन दिएकाले खासै छानविन नगरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । झुटो विवरण दिएर पासको दुरुपयोग भएको प्रष्ट देखिन्छ ।