दुई सातासम्म पत्ता लागेन सुवेदीलाई ठक्कर दिने सवारी

दुई सातासम्म पत्ता लागेन सुवेदीलाई ठक्कर दिने सवारी

चितवन,१६ साउन   ।

घटना भएको दुई साता वितिसक्दा पनि खैरहनीको ज्यामिरेमा मोटरसाईकललाई ठक्कर दिने सवारी साधन पत्ता लाग्न सकेको छैन् । साउन १ गते राती ११ वजेको समयमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाईकलमा सवार खैरहनी ५ का २२ वर्षिय आशिष सुवेदीको मृत्यु भएको थियो ।

घटना भएको दुई साता वित्दा समेत ठक्कर दिने साधन नियन्त्रणमा लिन नसकेको प्रति मृतकका हजुरवुवा सुरज सुवेदीले शंका व्यक्त गरेका छन् । सवारी पहिचान गरि कारवाहीको माग गर्दै मृतकका आफन्तले प्रमुख जिल्ला अधिकारी,चितवन प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराई सकेका छन् ।

हामीले आफ्नो ठाउँबाट दवाव दिईरहेका छौ मृतकका हजुरबुवा सुरज सुवेदीले भने – प्रहरी प्रशासनले अझ गंभीर रुपमा लिएको छैन् । घटना स्थलको सिसिटिभी नभएपनि रातको समयमा सवारी आउने अन्य क्षेत्रको सिसिटिभी फुटेज प्रहरीलाई उपलव्ध गराईएको समेत आफन्तले वताए । यता इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगरले घटनाका विषयमा अनुसन्धान भईरहेको वताएका छन् । मृतकका आफन्तले उपलव्ध गराएको सिसिटिभी फुटेज मनहरी,हेटौडाको रहेकाले पहिचानमा समस्या रहेको प्रहरी निरीक्षक मगरले वताए ।