वीरगञ्जका चिकित्सकसहित थप २८ स्वास्थ्यकर्मीमा दखियो कोरोना

वीरगञ्जका चिकित्सकसहित थप २८ स्वास्थ्यकर्मीमा दखियो कोरोना

पर्सा, १६ साउन ।

कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकसहित आज थप २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

आज अस्पतालमा कार्यरत २८ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार ८ जना चिकित्सकसहित, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरी २८ जनामा संक्रमण देखिएको हो ।

संक्रमित चिकित्सकहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, एक जना सर्जन र एक जना मेडिकल अधिकृत रहेपछि त्यहाँको उपचार सेवा समेत प्रभावित बनेको छ ।
अस्पतालका कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि उनीहरुको परिवारका सदस्यलाई समेत कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ । यस्तै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा पनि कोरोना पुष्टि भएको छ । नगर प्रमुख बिजयकुमार सरावगीलाई कारोना पुष्टि भएको हो । हल्का ज्वरो आउन थालेपछि राजधानीको टेकु अस्पतालमा हिजो गरिएको स्वाब परीक्षणमा कारोना पोजेटिभ देखिएको हो ।