विराटनगरमा १४ दिनका लकडाउनको घोषणा

विराटनगरमा  १४ दिनका लकडाउनको घोषणा

काठमाडौं,१६ साउन

कोरोना संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले शनिबारदेखि २ साताका लागि लकडाउन घोषणा गरेको छ। मेयर भीम पराजुलीले महानगरमा संक्रमण थप फैलन नदिन लकडाउन घोषणा गरिएको बताए।

महानगरपालिकाले लकडाउनअवधिभर सबैलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ। जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को बैठकले शंका लागेमा परीक्षण गराउनसमेत आग्रह गरेको छ।

यसअघि महानगरपालिकाले साउन ११ मा सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु समेतबाट प्रवाह हुने अतिआवश्यक सेवाबाहेकका अन्य सार्वजनिक सेवाहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो।