घरमै बसी ईदमा नमाज पढ्न मुस्लिम आयोगको अनुरोध

घरमै बसी  ईदमा नमाज पढ्न मुस्लिम आयोगको अनुरोध

काठमाडौं,१६ साउन

कोरोनाभाइरसबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्नै पर्ने बाध्यताका कारण घरमै बसेर नमाज मुस्लिम आयोगले आग्रह गरेको छ ।


आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा इद उल अज्हाको नमाज पनि ५ जनासम्म मस्जिदमा पढ्न पाउने र ओल्माहरु, मुफ्तिहरू, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ-आफ्नो घरमै बसी नमाज पढी इल उल अज्हा (ईद) मनाउन आग्रह गरिएको छ ।

मुस्लिम समुदायको महान् पर्व ईद साउन १७ गते शनिबार मस्जिदहरुमा पाँच समयमा ५–५ जनाले नमाज पढ्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा जनाइएको छ ।