विद्यार्थीलाई निशाना बनाएर गोली युवकले गोली चलाइरहे, प्रहरी मुकदर्शक बनेर बसिरह्यो

विद्यार्थीलाई निशाना बनाएर गोली युवकले गोली चलाइरहे, प्रहरी मुकदर्शक बनेर बसिरह्यो

नयाँ दिल्ली,१७ माघ ।

दिल्लीको जामिया युनिभर्सिटी बाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई निशाना बनाएर गोली प्रहार गरिएको भए पनि प्रहरी मुकदर्शक बनेर बसेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

सोसल मिडियामा सार्वजनिक भएको उक्त भिडियोमा युवकले पेस्तोल देखाएर हिँडिरहेको बेलामा प्रहरीले हात बाँधेर बसेको देखिन्छ ।

प्रहरीले गोली चलाउने युवकको नाम गोपाल बताएको छ । तर आफूले रामभक्त गोपाल बताउने गरेको छ । उनले गोली चलाउनुभन्दा पहिले आफ्नो सामाजिक सञ्जालमा लगातार अपडेट गरेको पाइएको बीबीसीले जनाएको छ ।

शान्तिपूर्ण विराधे प्रदर्शनका क्रममा प्रहरीकै अगाडि गोली चलाइएको पाएपछि सोसल मिडियामा यसको चर्को आलोचना भएको छ ।