नक्कली सर्टिफिकेट देखाई डीएसपीसम्म बढुवा

नक्कली सर्टिफिकेट देखाई डीएसपीसम्म बढुवा

काठमाडौँ, १७ माघ ।

प्रहरी नायब उपरीक्षक अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको पुष्टी भएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम साहलाई कारबाही हुने आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा तत्कालीन प्रहरी निरीक्षक अरुणकुमार शाहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

शाहले मगध विश्वविद्यालय, बोधगया भारत अन्तर्गतको बिडी इभिनिङ कलेज पटना–१ बाट बि।ए। तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आयोगद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।