सानेपामा अनशनरत विद्यार्थीको स्वास्थ्य बिग्रियो

सानेपामा अनशनरत विद्यार्थीको स्वास्थ्य बिग्रियो

काठमाडौं,१७ माघ ।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनशनरत विद्यार्थी नेता नवराज त्रिपाठीको स्वास्थ्य कमजोर बन्दै गएको छ ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि मातृ पार्टीले माग सुनुवाइका लागि कुनै पहल नगरेपछि उनी अनशन तोड्ने मनस्थितिमा पुगेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री कुन्दनराज काप्mलेले आमरण अनशशनरत विद्यार्थी नेता त्रिपाठीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएका कारण अनशन तोड्ने विषयमा आन्तरिक छलफल चलेको पुष्टि गरेका छन् ।
“नवराजजीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर भइसकेको छ । अनशन स्थगित गर्ने विषयमा आन्दोलनरत साथीहरुका बीचमा गफगाफ भइरहेको छ,” उनले बाह्रखरीसँग भने । काप्mलेले अनशन र अनशनरत पक्षले उठाएको माग सम्बोधनका विषयमा पार्टी नेतृत्वले कुनै वास्ता नगरेको पनि गुनासो गरे ।

अर्का विद्यार्थी नेता मनीष सिंखडाले पनि आमरण अनशनरत त्रिपाठीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएका कारण आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । नेविसंघको विधानअनुसार ३२ वर्षीय उमेर हद कायम गरेर केन्द्रीय तदर्थ समिति गठन गर्नुपर्ने माग राख्दै विद्यार्थी नेता त्रिपाठी पाँच दिनअघि पार्टी कार्यालयमा आमरण अनशन थालेका हुन् ।

तर, नेविसंघको विधान २०२७ ९सातौं संसोधन० को भाग २, धारा ५ अन्तर्गत बँुदा नम्बर ५ मा ‘३२ वर्ष पुगेको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने र उक्त व्यवस्था संघको १२औं महाधिवेशनबाट लागु हुने’ उल्लेख छ । उक्त बुँदालाई आप्mनै ढंगले व्याख्या गर्दै उक्त समूह आमरण अनशन सुरु गर्नुअघि तदर्थ समितिमा पनि उमेरहद कायम हुनुपर्ने माग राखेर पार्टी कार्यालयमै ४१ दिन रिले अनशन बसेको थियो ।

उमेर हद कायम गर्नुपर्ने काप्mले समूहको माग बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले बिहीबार सुनसरीका राजीव ढुंगानाको अध्यक्षतामा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर महामन्त्री रहेको केन्द्रीय तदर्थ समिति गठन गरेका छन् ।