पाँच दिनदेखि जारी आमरण अनशन तोडिँदै

पाँच दिनदेखि जारी आमरण अनशन तोडिँदै

काठमाडौं,१७ माघ ।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनशनरत विद्यार्थी नेता नवराज त्रिपाठी अनशन तोड्ने भएका छन् । माउ पार्टी कांग्रेसले पाँच दिनदेखि जारी अनशनप्रति वास्तै नगरेपछि स्वास्थ्य कमजोर बन्दै गएका त्रिपाठी अनशन तोड्ने तयारी छन् ।

नेविसंघको केन्द्रीय तदर्थ समितिमा विधानले व्यवस्था गरेअनुसार उमेर हद कायम हुनुपर्ने माग राख्दै आन्दोलनरत पक्षका विद्यार्थी नेता मनीष सिंखडाले शुक्रबार ३ बजेपछि त्रिपाठीले अनशन तोड्ने जानकारी दिए ।

उनले आशन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै आमहरण अनशन तोड्न लागिएको पनि बताए । नेविसंघको विधानअनुसार ३२ वर्षीय उमेर हद कायम गरी केन्द्रीय तदर्थ समिति गठन गर्नुपर्ने माग राख्दै विद्यार्थी नेता त्रिपाठी पाँच दिनअघि पार्टी कार्यालयमा आमरण अनशन बसेका छन् ।