
सुनसरी,१७ माघ।
सुनसरी प्रहरीले बँदेल मार्न जंगल गएका चार जनालाई भरूवा बन्दुकसहित पक्राउ गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका(६ बाट दुई नाल भरुवा बन्दुक र मृत बँदेलसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शुक्रबार बिहान १ बजे समयमा प्रहरी चौकी पानवारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले धरान(६ स्थित गौडे आहालको जंगलबाट निस्कँदै गरेका धरान-६ पानवारीका ३० वर्षीय मणि तामाङ, २६ वर्षीय सिद्धार्थ राई, ३९ वर्षीय रामबहादुर योन्जन र ३० वर्षीय शम्भु दाहाललाई पक्राउ गरेको हो।
पक्राउ गर्दा उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक र मृत अवस्थाको करिब १० किलो वजन भएको बँदेल बरामद गरेको थियो।
उनीहरूले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।