नेकपाका अध्यक्ष जोशीलाई अज्ञात समूहद्दारा अपहरण गरी निर्धात कुटपिट

नेकपाका अध्यक्ष जोशीलाई अज्ञात समूहद्दारा अपहरण गरी निर्धात कुटपिट

डडेल्धुरा,१७ माघ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्षलाई अज्ञात समूहले अपहरण गरी निर्धात कुटपिट गरेको छ। डडेलधुराको आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र   अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो।

शुक्रबार दिउँसो १२ बजेपछि वडा नं। ३ को वडा बैठकमा सहभागी हुन जाँदै गर्दाअज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला पशासान कार्यालय डडेलधुराले जनाएको छ।

आलिताल ताल भन्दा करिब पाँच सय मिटर माथि चौर वण्डले भन्ने स्थानबाट मुकुण्डो धारी समूहले जोशीको अपहरण गरेको जोशीलाई उद्धृत गर्दै आलिताल प्रहरी चौकीका असई कमलप्रसाद जोशीले जानकारी दिए। कुटपिटबाट नेकपा अध्यक्ष जोशी गम्भीर घाइते भएका छन्।

उनको खुट्टा भाँचिनुका साथै टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनलाई एम्बुलेन्समार्फत उपचारका लागि धनगढी लगिएको छ। जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोड गरिएको प्रहरीको भनाइ छ। घटनामा संलग्नको पहिचान नभए पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको हात हुनसक्ने आशंका गरिएको छ।
संगल्नको यकीन नभएको र खोजी कार्य तीब्र रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। – अन्नपूर्णबाट साभार