स्कुटर चोरी गरी भाग्दै गर्ने क्रममा वुटवलका श्रेष्ठ पक्राउ

स्कुटर चोरी गरी भाग्दै गर्ने क्रममा  वुटवलका श्रेष्ठ पक्राउ

काठमाडौं,१७ माघ ।

स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही वुटवल उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २७ वर्षीय पारस श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
बा। ६८ प ४४४७ नम्बरको स्कुटर चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका(२६ मित्रनगरबाट महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।