भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड

भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड

काठमाडौं,१७ माघ ।

न्युजिल्याण्ड लगातार दोस्रो पटक सुपर ओभरमा पराजित भएको छ । भारतविरुद्ध टी २० सिरिज अन्तर्गत चौथो टी २० खेलमा न्युजिल्याण्ड सुपर ओभरमा पराजित भएको हो ।

तेस्रो खेलमा पनि न्यूजिल्याण्ड सुपर ओभरमै पराजित भएको थियो । खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १६५ रन बनाएपछि खेल टाई भएको थियो। त्यसपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।