सालघारीमा सुरु भयो कराँते प्रतियोगिता,मन्त्री दुलालले गरे उद्घाटन

सालघारीमा सुरु भयो कराँते प्रतियोगिता,मन्त्री दुलालले गरे उद्घाटन

चितवन , १७  माघ ।

प्रदेशस्तरीय कराँते प्रतियोगिता चितवनको रत्ननगरमा सुरु भएको छ । नेपाल रेन्वोकाई कराँते डो संघ सालघारीको आयोजनामा पञ्चदिप आधारभूत विद्यालयमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गरे । सो अवसरमा मन्त्री दुलालले मुलुकले राजनितिक उपलव्धी प्राप्त गरिसकेको भन्दै समृद्धीको महाअभियानमा जुट्न आह्वान गरे । अवको उर्जा समृद्धीमा खर्चनु पर्छ मन्त्री दुलालले भने – मुलुक समृद्धीका लागि युवाहरुको भुमिका अहम हुन्छ ,यसमा सवै जुटौ । खेललाई मनोरञ्जन,भातृत्व संग मात्र नजोडि व्यवसायिक जीवनको सुरक्षासंग जोड्नु पर्नेमा उनको जोड थियो ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरलाई समृद्ध वनाउन भौतिक पूर्वाधार निर्माण मात्र नभई शिक्षा,स्वास्थ्य,खानेपानी,खेलकुद,जातियताको संरक्षण र विकास गर्नु पर्ने वताए । नेपाल रेन्वोकाई कराँते डो संघ सालघारीका अध्यक्ष लालवहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य सरोजध्वज भण्डारी लगायतले मन्तव्य राखेका थिए । शनिवार सम्म चल्ने प्रतियोगितामा बागमती प्रदेशको ११ जिल्लाबाट १ सय ९७ जना खेलाडी सहभागी छन् ।